काठमाडौं, फागुन १९ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सोमबारको संसद् बैठक पुन:स्थगन गरेका छन्। नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले उनले सदन स्थगन गरेका हुन्।
प्रतिनिधिसभा बैठकमा पार्वताडिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै जनाउ दिएपछि सांसदको सङ्ख्या यकिन गर्दा गणपूरक सङ्ख्या पुगेन।
आइतबारको प्रतिनिधिसभा बैठक पनि सङ्ख्या नपुगेपछि स्थगित भएको थियो। तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या एकिन गर्दा ५४ मात्रै उपस्थित थिए।
प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते अपराह्न १ बजे बस्ने छ।
Facebook Comments


























