काठमाडौं, फागुन १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप सात विभागमा प्रमुख मनोनित गरेका छन्।
उनले यसअघि शनिवार १३ विभागका प्रमुख मनोनित गरेका थिए।
देउवाले सोमबार एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय , ईश्वरी न्यौपानेलाई महिला, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपत व्यवस्थापन विभागको जिम्मेवारी दिएका छन्।
यस्तै केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग, मोहनबहादुर बस्नेतलाई खेलकूद विभाग, बीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय विभाग र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुख तोकेका छन्।
विभाग गठनमा यसअघिनै बरिष्ठ नेता रामचन्द्र पौडेलले भने असन्तुष्टि जनाइसकेका छन्।
Facebook Comments


























