कञ्चनपुर, कार्तिक १५ । सशस्त्र सीमा क्षेत्रबाट छ लाख ९३ हजार मूल्य बराबरको १२ कार्टुन चुरोट बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३५ शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार भीमदत्त नगरपालिका–९ खल्लामछेट्टीबाट नेपालबाट भन्सार छली गरी भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरिएको छ।
यसैगरी बेलौरी नगरपालिका–८ दिपघाट, भीमदत्त नगरपालिका–९ मटैनालगायत क्षेत्रबाट अवैधरूपमा भन्सार छली गरेर ल्याइएको माछा, बिना नम्बरको मोटरसाइकल, सुर्ती, बिँडीलगायत बरामद गरिएको छ।
Facebook Comments


























