असार २४ । डेनमार्कले सन् २०२१ मा हुने जिम्न्यास्टिक विश्व च्याम्पियनको आयोजनाबाट आफ्नो नाम फिर्ता लिएको छ।
अन्तराष्ट्रिय जिम्न्यास्टिक महासंघले यसबारे जानकारी दिदै अर्को बर्ष हुने तय भएको विश्व च्याम्पियनसिपको आयोजनाबाट डेनमार्कले नाम फिर्ता लिएको बताएको छ।
महासंघले यसप्रति खेद प्रकट गर्दै डेनमार्कको निर्णय आपत्तीजनक रहेको बताएको छ।
डेनमार्कको पछिल्लो निर्णयसंगै प्रतियोगिता अनिश्चित बनेको छ। प्रतियोगिता सन् २०२१ को अक्टोबरमा कोपनहेगनमा हुने तय भएको थियो।
अर्को बर्ष जुलाई २३ देखि अगष्ट ८ सम्म टोकियो ओलम्पिक समेत आयोजना हुदैछ। कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता एक बर्ष स्थगित गरिएको थियो। एजेन्सी
Facebook Comments


























