काठमाडौं, फागुन १९ । ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेस अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने भएको छ।
हालसम्म सबै यूजरहरुलाई उपलब्ध हुन नसकेको यो फिचर अब डेस्कटपका प्रयोगकर्तालाई पनि उपलब्ध हुने भएको हो। ह्वाट्सएप आफ्नो डेक्सटप एप र डेक्सटप भर्जन दुबैका लागि डार्क मोड फिचरमा काम गरिरहेको छ।
यदि कुनै प्रयोगकर्ताले बीटा भर्जनको लागी साइनअप गरेमा उनिहरुले पनि यसलाई प्रयोग गर्न सक्ने छन्। कम्पनीले स्टेबल र बग फ्रि एक्सपेरियन्सको लागि यस फिचरमा काम गरिरहेको हो।
ह्वाट्सएप वेब डार्क मोड एप लगभग हरेक सेक्शनमा देखिने छ। कम्पनीले डार्क थिमलाई टेक्स्ट र ईमोजी आदि भागहरुमा समेत राखेको छ।
यस फिचरलाई बिकशित गरिरहेको टिमलाई हाल यूआई लाई अझ राम्रो गर्नुपर्ने आवश्यकता रहेको छ। ह्वाट्सएपको यो फिचर हाल उपलब्ध नरहे पनि भविष्यमा देख्न सकिनेछ।
Facebook Comments


























