भरतपुर । प्रतिनिधिसभाको लागि चितवन क्षेत्र नं.३ का उम्मेदवार विक्रम पाण्डेले यसपटकको निर्वाचनमा जनताको आशिर्वाद राम्रो पाएको बताएका छन्। चुनावी प्रचारप्रसारलाई तीव्रता दिँदै राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले भरतपुर–९ धारेचोकमा भएको कोणसभामा आम मतदाताबाट राम्रो आशिर्वाद पाएको बताभएका हुन्।
नेता पाण्डेले यसपटकको निर्वाचनमा राष्ट्रको विकास र समृद्धिको लागि आएको भन्दै मंसिर ४ पछि नयाँ अनुहारलाई जिताइदिन पनि मतदातालाई आग्रह गरे। ‘मलाई जिताउनु नै जनताले जित्नु हो,’ उनले भने। मंगलबार बिहान भरतपुर ९ स्थित मालिका मन्दिर दर्शन गरेपछि चुनावी अभियानको सुरुवात गरेका हुन्। आज दिनभर भरतपुर महानगरपालिकाको वडा नं.८, ९, ६ लगायतका विभिन्न स्थानमा कोणसभा तथा घरदैलो कार्यक्रम जारी रहनेछ।
Facebook Comments


























