चितवन । निउँरो टिप्न जाने क्रममा चिप्लिएर लड्दा चितवनमा एक महिलाको मृत्यु भएको छ। खैरहनी-६ तुलसीपुर स्थित लदरी खोलाको डिलबाट मंगलबार दिउँसो करिब सवा १ बजेको समयमा चिप्लिएर लडेपछि खोलाले बगाउँदा खैरहनी-१ शाहीचोक बस्ने कल्पना श्रेष्ठ रिजालको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
रत्ननगर-१४ माधवपुर घर भएकी ३४ वर्षीया रिजाल हाल खैरहनी-१ शाहीचोक बस्दै आएकी थिइन्। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीसहितको उद्दार टोलीले खोजतलास गर्दा घटनास्थलबाट करिब १० मिटर तल खोलामा रिजालको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।
Facebook Comments