चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रत्ननगरको प्रवक्तामा सन्तोष लामा मनोनीत भएका छन्। पार्टीको नगर कमिटीले आइतबार लामालाई पार्टीको नगर प्रवक्तामा मनोनीत गरेको हो। लामा केही समयअघि मात्रै एमाले छाडेर राप्रपामा प्रवेश गरेका हुन्।
यस्तै, आइतबारकै नगर कमिटीको बैठकले राप्रपाको युवासंघ रत्ननगरको अध्यक्षमा सुर्जन ब्लोनलाई मनोनीत गरेको छ। बैठक राप्रपा रत्ननगरका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो।
Facebook Comments


























