चितवन । भरतपुर महानगरपालिकाका उपमेयर पदका उमेदवार चित्रसेन अधिकारीले महानगरपालिकाको समग्र विकास र गौरवका आयोजनालाई निरन्तरता दिने बताएका छन्। गठबन्धनबाट उमेदवार बनेका सबैलाई जिताएर देखाए जनताको पक्षमा जस्तोसुकै काम गर्न पनि पछि नपर्ने उनले बताए। ‘त्यसैलाई पूरा गर्नको लागि पार्टी र गठबन्धनले आफूहरुलाई उमेदवार बनाएर जनताको घरदैलोमा पठाएको छ,’ उनले भने।
जनताको चाहनाअनुसार काम गर्ने उनले बताए। विशेष गरी सुकुमबासीको समस्या समाधानमा चासो देखाएर काम गर्ने उनको भनाइ छ। गठबन्धनबाट मेयर र उपमेयर दुवैजना जनताको पक्षमा काम गर्ने अनुभवि उमेदवार भएको पनि उनले बताए। उमेदवार अधिकारी नेपाली कांग्रेसको तर्फबाट यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुर २१ को निर्वाचित वडाअध्यक्ष हुन्।
रेनु दाहाल भने यसअघिको स्थानीय तहमा कांग्रेससँगको तालमेलबाट भरतपुर महानगरकी मेयर बनेकी थिइन्। उनी दोस्रोपटक मेयर पदमा उमेदवार बनेकी हुन्। (भिडियोसहित)


























