मस्को, फागुन १६ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प्ले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई ‘स्मार्ट’ र अमेरिकी नेताहरुलाई लाटा भनेका छन्।
रुसी सेनाले युक्रेनमाथिको हमला तीव्र पारिरहेका बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन्। युक्रेनी हमलाको अमेरिका र उसको पश्चिमा गठबन्धनले विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन्।
‘हिजो मलाई सञ्चारकर्मीहरुले राष्ट्रपति पुटिन स्मार्ट हुन त भनेर सोधेका थिए। मैले उनी निश्चय नै स्मार्ट हुन भनेर जबाफ दिए,’ फ्लोरिडामा कन्जरभेटिभ पोलटिकल एक्सन कन्फरेन्स (सीपीएसी) मा एउटा भेलालाई सम्बोधन गर्दै उनले भने।
उनले अगाडि थपे, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, जो पक्कै पनि स्मार्ट छन्, तर वास्तविक समस्या यो हो कि हाम्रा नेताहरू मूर्ख छन्। ’
Facebook Comments


























