काठमाडौँ, फागुन ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन्।
बुधबार काठमाडौँमा माओवादीको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन्।
त्यस्तै, उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे। उनले बुधबार बिहान प्रधानमन्त्रीसँग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए।
संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसँग भेटवार्ता गरेका थिए।
Facebook Comments


























