काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको हो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि एमालेको बैठक बसेको हो।
आइतबार साँझ बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले महाअभियोगविरुद्ध संसदीय प्रतिवाद गर्ने निर्णय गरेको थियो। आजको बैठकले त्यसबारे रणनीति तय गर्ने नेताहरूले बताएका छन्।
Facebook Comments


























