काठमाण्डौं, माघ ३ । लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्ताव माग गरेको छ। बोर्डले यो विमानस्थल निर्माणका लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो।
सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो। विमानस्थको विकास र सञ्चालनका लागि प्रस्ताव गर्ने कम्पनीमा स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट, ईन्टरनेशनल छनोट भएको बोर्डले जनाएको छ।
कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न भन्दै बोर्डले शुक्रबार सूचना प्रकाशित गरेको छ। यो प्रस्तावमा बोर्डले फागुन ४ गते छलफल गर्नेछ।
अदालतले अन्तिरिम आदेशमार्फत विमानस्थल निर्माण्को लागि रुख कटान नगर्न भनेको छ। तर, बोर्डले भने विकासकर्ता कम्पनी छानेटको प्रक्रिया अघि बढाएको छ।
जुरिचले विमानस्थलको निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेछ। सो प्रस्ताव उपयुक्त भएमा बोर्डले विमानस्थलको जिम्मा उसैलाई दिनेछ।
आयोजना निर्माणपूर्वका तयारीका काम नै अगाडि बढ्न नसक्दा यो आयोजनाले गति लिन नसकेको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आयोजनास्थलमा रहेका रूख कटानको खाका तयार भई अहिले मन्त्रालयमा छलफलको चरणमा रहेको छ ।
तर, वन मन्त्रालयले रूख कटान आदेश भने दिइसकेको छैन । यसै सयममा सर्बोच्च अदालतले पनि निजग विमानस्थलको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
निर्माणस्थलमा रहेको सुकुम्बासी वस्ती स्थानान्तरणको समेत योजना तयार हुन सकेको छैन ।


























