काठमाडौं, फागुन २ । नेकपा (एमाले) ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ। अहिले एमालेको संसदीय दलको बैठक बसिरहेको छ।
“चार न्यायाधीशविरुद्ध पनि महाभियोग लगाउन सकिने गरी हस्ताक्षर संकलन गरेका छौंँ,” एक सांसदले भने।
एमालेले संसद् पुनःस्थापना गर्ने चार न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सकिने गरी हस्ताक्षर संकलन गरेको हो।
सत्ता गठबन्धनमा आबद्ध दलले आइतबार प्रधानन्यायाधीशविरुद्ध महआभियोग प्रस्ताव दर्ता गराएका छन्।
Facebook Comments


























