मकवानपुर, माघ २२ । जिल्ला प्रहरी कार्यलय मकवानपुरले ७९८ एम्पुल लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका–१९ बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई पक्राउ गरेको हो
खत्रीको डेराबाट लागुऔषध डाइजोपाम – २८० एम्पुल, फेनार्गन–२६८ एम्पुल र नुफिन–२५० एम्पुल गरी जम्मा ७९८ एम्पुल लागुऔषधसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य अगाडि बढाइएको पनि प्रहरीले जनाएको छ।
Facebook Comments


























