काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी तोकिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले तिवारीलाई महाप्रबन्धकको जिम्मेवारी तोकेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
तिवारी यसअघि पनि विमानस्थलको महाप्रबन्धक भएका थिए। क्यानमा उपमहानिर्देशकको जिम्मेवारीमा रहेका तिवारी क्यानको नागरिक उड्डयन प्रशिक्षणको प्रमुख थिए। प्रशिक्षण प्रमुखमा देवचन्द्रलाल कर्ण तोकिएका छन्। महाप्रबन्धक तिवारीले विमानस्थलको सेवालाई सुदृढ र प्रभावकारी बनाउन सक्रियतापूर्वक लाग्ने बताए।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ । उनी यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक थिए। RSS
Facebook Comments