माघ २२ । आईसीसी यू–१९ विश्वकपको फाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दैछन्।
यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको नर्थ साउन्डमा नेपाली समय अनुसार राती पौने ७ बजे सुरु हुनेछ। इंग्ल्यान्डले २४ वर्ष पछि पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ।
इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो। इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो।
यता भारत भने पाँचौ पटक विश्वकपको उपाधि जित्ने योजनामा रहेको छ। यस अघि भारतले सन् २०००, २००८, २०१२ तथा २०१८ मा उपाधि हात पारेको थियो।
Facebook Comments


























