माघ १४ । विश्व नम्बर एक वरियताकी अष्ट्रेलियन खेलाडी अस्लेइग बार्टी र अमेरिकी खेलाडी डेनियल कोलिन्स अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन्।
मेलवर्नमा बिहीबार भएको खेलमा बार्टीले अमेरिकाकी खेलाडी म्याडिसन केयसलाई ६-१, ६-३ को सोझो सेटमा हराइन्।
बार्टी सन् १९८० पछि अष्ट्रेलियन ओपनको एकलतर्फ फाइनलमा स्थान बनाउने पहिलो घरेलु खेलाडी बनेकी छन्।
अर्को खेलमा कोलिन्सले पोल्याण्डकी इगा स्वेटेकलाई सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेकी हुन्। कोलिन्सले स्वेटेकमाथि ६-४, ६-१ को जित निकालेकी हुन्।
अब कोलिन्सले उपाधिका लागि अष्ट्रेलियाकी विश्व नम्बर एक बार्टीसँग खेल्ने छिन्।
Facebook Comments


























