काठमाडौं, माघ १० । मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ। केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ। १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ।
आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवसायीसँग छलफल गरिसकेका छन्। यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन्।
Facebook Comments


























