पुस ११ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ। शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ।
यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायमै रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३९ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























