काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदैछन्।
आइतबार हुने पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटा र ब्रिगेडबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ। आज ब्रिगेडलाई हराएर संकटा शीर्ष तीनमा उक्लने योजनामा हुनेछ। ब्रिगेड ५ खेलमा ५ अंक जोडेर १० औं स्थानमा रहेको छ। संकटालाई हराएर ब्रिगेड अंक तालिका सुधारको योजनामा रहेको छ।
दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। थ्री स्टार र आर्मीबीचको खेल पाैने ५ बजे सुरु हुनेछ। आर्मी ५ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। थ्री स्टारलाई हराएर आज आर्मी शीर्ष दुई टोलीलाई दबाब राख्न चाहन्छ।
थ्री स्टार ५ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ। आर्मीलाई हराएर थ्री स्टार अंक तालिका सुधार गर्न चाहन्छ। लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।


























