पुस ८ । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ।
गएराती भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले हराउँदै विजयी भएको हो।
रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे। एथ्लेटिकका लागि ओइहान सेन्सटले एक गोल फर्काए। जितसँगै शीर्ष स्थानको रियलको १९ खेलबाट ४६ अंक भएको छ।
Facebook Comments


























