पुस ५ । अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको बाँकी तीनवटा टेस्ट खेलका लागि १५ सदस्यीय टोलीमा कुनै परिवर्तन नगर्ने जनाएको छ।
अष्ट्रेलियाको राष्ट्रिय छनोटकर्ताले १५ जनाको टोलीमा परिवर्तन नहुने जनाएका हुन्। एसेस क्रिकेट सिरिज अन्तर्गतको बाँकी तीन खेल मेलबर्न, सिड्नी र होवार्टमा हुने तालिका रहेको छ।
दोस्रो टेस्ट खेल गुमाएका कप्तान प्याट कमिन्स र फास्ट बलर जोश ह्याजलउड मेलवर्नमा हुने तेस्रो टेस्ट अघि टिममा पर्किनेछन्। तेस्रो टेस्ट डिसेम्बर २६ बाट सुरु हुनेछ।
कमिन्स र ह्याजलउडले खेल्न वा नखेल्नेबारे यस अघि दुविधा उत्पन्न भएको थियो। कमिन्स कोभिड संक्रमितको सम्पर्कमा आएको तथा ह्याजलउड घाइते भएपछि दोस्रो टेस्ट गुमाउन पुगेका थिए। एजेन्सी
Facebook Comments


























