पुस ५ । सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो। आइतबार ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९३ हजार ८०० रुपैयाँ पुगेको ।
यसैगरी तेजावी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार थियो भने आज ९२ हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। यता, चाँदीको भाउ भने हिजोकै मूल्यमा अर्थात एक हजार २४५ रुपैयाँमा कारोबार हुनेछ।
Facebook Comments


























