काठमाडौँ, पुस १ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ।
पार्टी कार्यालय सानेपामा बिहान साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको जानकारी दिएका छन्।
उनकाअनुसार ६ घण्टाभित्र मतपरिणाम आइसक्नेछ। महामन्त्रीका लागि गगन थापा, डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा.मीनेन्द्र रिजाल, डा.राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन्।
Facebook Comments


























