मंसिर २७ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो। दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो।
ओसासुनाको मैदानमा निको गोन्जालेजले १२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। खेलको १४ औं मिनेटमा डाभिड गार्सियाले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा फर्काए।
खेलको ४९ औं मिनेटमा अब्डे इजालजुलीले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। तर, खेलको ८७ औं मिनेटमा इजिक्वेल एभिलाले गोल गर्दै ओसासुनालाई २-२ गोलको बराबरीमा फर्काए।
यस बराबरीसँगै बार्सिलोनाले १६ खेलमा २४ अंक जोडेको छ। बार्सिलोना आठौं स्थानमा रहेको छ। ओसासुना २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ।
Facebook Comments


























