काठमाडौं, मंसिर २२ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरण अन्तर्गत आज बुधबार दुई खेलहरु हुँदैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। हिमालयन र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
हिमालयन आज पहिलो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ। हिमालयनले अघिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन। हिमालयन २ खेलमा १ अंक जोडेर १२ औं स्थानमा रहेको छ।
पुलिस भने दोस्रो जितको खोजीमा हुनेछ। पुलिसले २ खेलमा ४ अंक जोडेको छ। पुलिस अंक तालिकाको सातौं स्थानमा रहेको छ।
यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र मछिन्द्रबीचको खेल पाैने ५ बजे सुरु हुनेछ।
आज दुबै टिम तीन अंक जोड्ने योजनामा हुने छन्। जावलाखेल आज पहिलो अंकको खोजीमा समेत रहेको छ। जावलाखेलले २ खेलमा अंक जोड्न सकेको छैन। अंक विहीन जावलाखेल लिगको १३ औं स्थानमा रहेको छ।
साविक विजेता मछिन्द्र भने दोस्रो जितको खोजीमा रहेको छ। मछिन्द्रले २ खेलमा ४ अंक जोडेको छ। मछिन्द्र छैटौं स्थानमा रहेको छ।


























