मंसिर २२ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत एटलेटिको म्याड्रिड नकआउट चरणमा पुगेको छ।
गएराती सम्पन्न समुह बि अन्तर्गतको खेलमा एटलेटिको म्याड्रिडले पोर्चुगीच क्लब पोर्टोलाई ३-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको हो।एटलेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एंगेल कोरिया र रोड्रीगो डे पाउलले एक एक गोल गरेका थिए। त्यस्तै पोर्टोका लागि एक गोल सर्जियो ओलिभेइराले पेनाल्टीमार्फत गरेका थिए।
त्यसैगरी यस खेलमा पोर्टोका दुई र एटलेटिकोका एक खेलाडीले रातो कार्ड पाएका थिए। पोर्टोका विएनडेल र अगस्टिन मार्चेसिन तथा एटलेटिकोका यानिक करास्कोले रातो कार्ड पाएका थिए।
यो जितपछि एटलेटिको समुह बि मा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ। एटलेटिकोको ६ खेलमा ७ अंक भएको छ। यस समुहबाट लिभरपुल शिर्ष स्थनमा रहदै नकआउट चरणमा पुगिसकेको छ।
त्यस्तै पोर्टो भने तेस्रो स्थानमा रहदै युरोपा लिगमा खेल्ने छ।
एटलेटिको र लिभरपुलसँगै अहिलेसम्म म्यानचेस्टर सिटी, अयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड, पिएसजी, स्पोर्टिंग सिपि र इन्टर मिलान च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेका छन्।


























