मंसिर २२ । साउदी अरबियाका पत्रकार जमाल खसोगीको हत्या अभियोगमा एक साउदी नागरिक फ्रान्समा पक्राउ परेका छन्।
फ्रान्सेली मिडियाकाअनुसार खालिद एदी अल ओतैबीला पेरिसको चाल्र्स डे विमानस्थलबाट पक्राउ परेका हुन्। आरोपित हत्यामा संलग्न भएका २६ जना आरोपीमध्ये एकजना भएको बीबीसीले उल्लेख गरेको छ।
रियादमा सरकारका प्रमुख आलोचक खसोगीको सन् २०१८ को अक्टोबरमा टर्कीस्थितको राजधानी इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।
साउदी सरकारले वासिङ्टन पोस्टका ती पूर्व पत्रकारलाई मुलुक फर्काउन पठाइएको एजेन्टहरुको टोलीले एक दुर्घटनामा मारेको बताएको छ। तर, टर्कीका अधिकारीहरुले भने साउदी सरकारको उच्च तहबाट आएको आदेशमा पत्रकार मारिएको दाबी गर्दै आएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











