काठमाडौँ, मंसिर १७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पदबहाली गर्दैछन्।
चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीले आज पदबहाली गर्न लागेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
उनकाअनुसार ओली आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ। भीम रावललाई पराजित गरी ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका थिए।
Facebook Comments


























