काठमाडौँ, मंसिर १७ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबीच शनिबार पार्टी एकता घोषणा हुने भएको छ। विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार वैकल्पिक शक्ति निर्माण गर्न तीन पार्टीबीच एकता घोषणा हुन लागेको हो।
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा, कर्णबहादुर शाही संयोजक रहेको सिटिजन्स र एसपी शाह सारथी अध्यक्ष रहेको जनता दरबारबीच शनिबार दिउँसो १ बजे जाउलाखेलमा पार्टी एकता घोषणा हुन लागेको हो।
Facebook Comments

























