मंसिर १४ । अर्जेन्टिना एवं पेरिस सेन्ट जर्मेनका (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले सातौं पटक बालोन डी’ओर अवार्ड जितेका छन्। फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी सातौंपटक यो अवार्ड प्रदान गरिएको हो।
विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी र इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए।
मेस्सी सर्वाधिक यस अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन्। यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए। मेस्सीपछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन्। कोरोना महामारीका कारण गत वर्षको भने यो अवार्ड रद्द भएको थियो।
३४ वर्षिय मेस्सीले बार्सिलोनाका लागि गत सिजन ४८ खेलमा ३८ गोल गरेका थिए। अर्जेन्टिनाको कप्तानी गरेका उनले जुलाईमा कोपा अमेरिकाको उपाधि जितेका थिए। त्यो उनको करियरको पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो।
त्यसपछि पिएसजी पुगेका उनले लसम्म ११ खेल मात्र खेलेका छन्। चार गोल गरेका छन्। एजेन्सी


























