कार्तिक १३ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ।
शुक्रबार राति भएको खेलमा पीएसजीले लिललाई २-१ गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो। खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए।
तर, खेलको ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलको ८८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए।
यस जितसँगै पीएसजीले १२ खेलमा ३१ अंक जोडेको छ। पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ। लिल १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ।
Facebook Comments


























