चितवन, माघ १ । देवघाट गाँउपालिकामा प्रहरी सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ३० जना प्रहरी घाइते भएका छन्।
देवघाटको माघी मेलाको सुरक्षाका लागि पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा तनहुँको देवघाट गाँउपालिका वडा न ५ कालिमाटी दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ।
गाडीमा ३४ प्रहरी सवार थिए। घाइतेको उपचारका लागि भरतपुर ल्याइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Facebook Comments