मुम्बई, कार्तिक १३ । बलिउड र भारतीय टेलिफिल्मका दिग्गज अभिनेता यूसुफ हुसेनको कोरोना संक्रमणका कारण निधन भएको छ। उनी ७३ वर्षका थिए। उनको मुम्बईस्थित लीलावती अस्पतालमा निधन भएको हो।
फिल्म निर्माता तथा उनका ज्वाइँ हंसल मेहताले यूसुफको निधनको पुष्टि गरेका छन्। हंसलले सामाजिक सञ्जालमा पोष्ट शेयर गर्दै उनको निधनको जानकारी दिएका हुन्। उनको जानकारीसँग बलिउडका कैयौं कलाकारले उनको निधनमा शोक व्यक्त गरेका छन्।
हंसलले सामाजिक सञ्जालमा यूसुफको तस्वीर शेयर गरेका छन्। ‘मैले शाहिदको दुई सेड्युल पुरा गरेको थिएँ र म फसें। म समस्यामा थिएँ। एक फिल्ममेकरका रुपमा मेरो करियर समाप्त हुँदैन थियो। त्यही बेला उनी मेरो अगाडि आए र आफूसँग फिक्सड डिपोजिट रहेको जानकारी दिए। उनले ‘यदि तिमी यति नै समस्यामा छौ भने त्यसको केही काम छैन’ भनेर उनले चेक बनाए र शाहिद पुरा भयो। यस्ता थिए युसुफ हुसैन। एक ससुरामात्र नभई एक पिता । यदि जीवन हुन्छ भने उनको रुपमा रहोस्’, हंसलले लेखेका छन्।
उनले स्वर्गमा रहेका सबै युवतीका लागि उनी विश्वकै सुन्दर युवती र युवकका लागि हँसिला जवान रहेको उल्लेख गरेका छन्। हंसलले युसुफकी छोरी सफीनासँग विवाह गरेका छन्। युसुफले ‘विवाह’, ‘धुम २’, ‘दिल चाहता है’, ‘रईस’, ‘राज’, ‘हजारौं ख्वाइसे ऐसी’, ‘ओ माइ गड’, ‘कृष ३’, ‘दबंग ३’ जस्ता कैयौं फिल्ममा अभिनय गरेका छन्।
टेलिभिजन सिरियलमा उनले ‘मुल्ला नसरुद्दीन’, ‘कुमकुमः एक प्यारा सा बन्धन’, ‘शश‘कोही है’, ‘सीआइडी’, ‘तुम बिन जाऊँ कहाँ’ मा अभिनय गरेका छन्। दैनिक जागरण


























