काठमाडौं, असोज २७ । सभामुख अग्निप्रसाद सापकोटाले संसद संचालन गर्न नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्। संसद चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए।
उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताएका हुन्। सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको दाबी गर्दै आफ्नो कामको समीक्षा गरेर संवादमा आउन एमालेलाई आह्वान समेत गरेका छन्।
‘पहिला हाम्रो संवाद भइरहेको थियो। अहिले विवाद भइरहेको छ। अन्तिममा संवादको विकल्प छैन। ढिलो चाँडो संवादमा उहाँहरु आउनुहुन्छ भन्ने छ। सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्छ। मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छु उनले भने, ‘संसदमा अहिले अलिकति समस्याहरु देखिएको छ। अवरुद्ध भइरहेको छ। १५ दिनको समय पनि छ। कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु।’
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने आशा व्यक्त गरे।
संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको उनको दाबी थियो। उनले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफुले नरोकेको र सहजीकरण नै गरेको बताए।

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








