असोज २६ । फिफा विश्वकप फुटबलमा क्रोएसिया र स्लोभाकियाले बराबरी खेल्दै अंक बाँडेको छन्।
सोमबार राति भएको खेलमा क्रोएसियाले स्लोभाकियासँग २-२ गोलको बराबरी खेलेको हो। स्लोभाकियाका लागि इभान श्रान्ज र लुकास हरास्लिनले गोल गरे। क्रोएसियाका लागि आन्द्रेज क्रमारिच र लुका मोड्रिचले गोल गरे।
बराबरीसँगै समूह एचको क्रोएसिया ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा छ। स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
Facebook Comments


























