असोज २६ । फिफा विश्वकप फुटबलको युरोपियन छनोटमा नेदरल्यान्ड्सले शानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ६-० को फराकिलो अन्तरले हराएको छ।
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे। यस्तै कप्तान भिर्जिल भान डाइक, डेन्जेल डुम्फ्राईज, अर्नौट डान्जुमा र डोनएल मालेनले एक एक गोल गरे।
जितसँगै ८ खेलमा १९ अंक जोडेको नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ। अंक विहीन जिब्राल्टर पुछारमा छ।
Facebook Comments


























