काठमाडौं, असोज २० । सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले मन्त्रिमण्डलमा परेको भागवण्डामा कसलाई पठाउने भन्ने टुंगो लगाइनेछ।
यसअघि सत्तारूढ गठबन्धनमा माओवादी केन्द्रले पाँच वटा मन्त्री पाउने सहमति भइसकेको छ। अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको उसले अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउनेछ।
माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको भए पनि आजको बैठकमा त्यसबारे छलफल भइरहेको जनाइएको छ।
Facebook Comments


























