काठमाडौं, असोज १४ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन्।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँगमात्र सिधै छलफल गर्नुपर्ने टिप्पणी गरे।
अरु दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ। एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए। एमालेको एजेण्डामा गर्ने गरी सरकार र सभामुखले छलफल नै नगरेको भट्टराईको तर्क छ।
उनले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद् छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसँग आपत्ति रहेको बताए।
Facebook Comments


























