काठमाडौं, असोज १४ । राष्ट्रिय सभाको बैठक सूचना टासेर स्थगित गरिएको छ। आगामी आइतबारका लागि बोलाइएको बैठक बिहीबार सूचना टासेर स्थगित गरिएको हो।
संसद सचिवालयका महासचिब भरतराज गौतमले विशेष कारणवश बैठक स्थगित गरिएको जनाएका छन्। बैठक आगामी सोमबारका लागि बोलाइएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद लगातार अवरोध गरिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने पहल गरे पनि एमाले भने बैठकमा उपस्थित भएन।
एमाले विभाजनमा सभामुख अग्नि सापकोटाको भूमिका रहेको भन्दै संसद् अवरोध गरिरहेको छ।
Facebook Comments


























