काठमाडौं, असोज १४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ। सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए।
तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए। बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन्।
त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे। सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे। बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो।
Facebook Comments


























