काठमाडौं, असोज ७ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ।
मंगलबारदेखि सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक बुधबार सकिने भनिएको थियो। तर महासचिव चयन गर्ने लगायतका विषय बाँकी रहेकाले बिहान ११ बजे बैठक पुनः बस्न लागेको हो।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडकाअनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ। यसअघि अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ।
Facebook Comments


























