काठमाडौं, असोज ७ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।
संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, पार्टीको आगामी १४औँ महाधिवेशन, क्रियाशील सदस्यतालगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन्।
बुधबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनका अन्य दलले मन्त्रि नटुंग्याएकोले आफ्नो पार्टीमा फेरि छलफल गर्ने बताएका थिए।
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले हालसम्म मन्त्री नियुक्त गर्दा पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो।
Facebook Comments


























