मोरङ, माघ ७ । प्रदेश १ प्रदेशसभा बैठक स्थगित भएको छ। आज सुरू भएको हिउँदे अधिवेशन प्रदेश प्रमुखले पठाएको पत्र बाचनसँगै स्थगित भएको हो। बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेश प्रमुखले पठाएको पत्र पढे लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि संसद बैठक स्थगित गर्ने सहमति भएको हो।
नेकपाका प्रमुख सचेतक बुद्धिबहादुर राजभण्डारीले प्रदेश प्रमुखले पठाएको संसदको हिउँदे अधिवेशन सुरु भएको पत्र पढेपछि बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएका छन्।
पुस ५ मा प्रतिनिधिसभा विघटन गरिएसँगै सत्तारूढ दल नेकपा विभाजन भएको छ। विभाजनसँगै विभिन्न प्रदेशका सरकार संकटमा परेका छन्। प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–नेपाल समूहका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट देखिएको छ। रासस
Facebook Comments


























