असोज ७ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।
बुधबार छापावाल सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज ५०० रूपैयाँ घटेर ८९ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदी प्रतितोला १० रूपैयाँले घटेको छ। आज चाँदी १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























