काठमाडौं, असोज २ । थप ४ जिल्लामा नेपाली कांग्रेसका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ। कैलाली, सुर्खेत, डोल्पा र बाँकेको क्रियाशील सदस्यता विवाद समाधान गरिएको हो। अब ८ वटा जिल्लामा विवाद बाँकी रहेको छ।
यही असोज ५ गतेसम्म बाँकी रहेका २० जिल्लाको वडाको अधिवेशन एकै दिन गर्ने भनिएपछि शनिबारसम्म ८ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान हुन सकेको छैन।
शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरुको बैठकले शनिबारसम्म सबै जिल्लाको विवाद समाधान गरेर निर्वाचन समितिलाई नामावली बुझाउने सहमति गरेको थियो।
तर, कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेको समितिले अझै ८ जिल्लाको विवाद समाधान गर्न नसकेको हो। विवाद समाधान नभएका जिल्लाहरुमा असोज ५ गते वडा अधिवेशन हुने सम्भावना कम हुँदै गएको छ। अन्य ५७ जिल्लामा भने वडा अधिवेशन भइसकेको छ।
Facebook Comments


























