जनकपुर ,चैत्र ४। प्रदेश २ को नामाकरण र राजधानीको टुङ्गो लगाउन भइरहेको मतदानमा ‘मिथिला भोजपुरा’ राख्ने नाम अस्वीकृत भएको छ। उक्त नामको प्रस्ताव नेपाली कांग्रेसले गरेको थियो।
मंगलबार भएको मतदानमा कांग्रेसको प्रस्तावको पक्षमा २८ मत पर्योको छ भने विपक्षमा ७९ मत परेको छ । प्रदेश सभामा कांग्रेसको १९ जना सांसद भए पनि मतदानमा ९ मत बढी खसेको थियो।
यसअघि प्रदेशको नाम ‘जानकी’ पनि अस्वीकृत भएको छ। उक्त नाम सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको थियो। नेकपाको प्रस्तावको पक्षमा ३७ मत आएको थियोे भने विपक्षमा ७० मत आएको थियो।
प्रदेशसभामा १०७ सांसद छन् र, नामबारे निर्णय गर्न चाहिने दुई तिहाई अर्थात ७२ सांसद कुनै पनि पार्टीसँग छैन।
Facebook Comments


























