असोज २ । एएफसी महिला एसियन कप– २०२२ छनोटको पहिलो खेल सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको सुरुवातमा गरेको गोलको अग्रता जोगाउन नसक्दा नेपाल बलियो फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको हो।
नेपालले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो। नेपालको लागि विमला चौधरीले गोल गरिन्। उनको यो राष्ट्रिय टोलीबाट पहिलो गोल हो।
खेलको ३९औं मिनेटमा चोट लागेसँगै बिमलाले मैदान छाडेकी थिइन्। प्रशिक्षक ग्यारी फिलिप्सले फिलिपिन्सविरुद्ध बिमला बिकलाई राष्ट्रिय टोलीबाट डेब्यू गराएका छन्। नेपालले अन्तिम ९० र थपिएको दुई मिनेटमा लगातार दुई गोल बेहोरेको थियो।
अब नेपालले मंगलबार हङकङसङ खेल्नेछ।
Facebook Comments


























