भदौ १४ । एमाले विभाजन हुँदा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको बताएका छन्। उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिनुपर्ने भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै धोका उपहार लिएर जानुपर्ने भो भनेका छन्। उनले आफू ओलीसँग पनि जान नसक्ने बताएका छन्। तर जबज नभए आफ्नो नाम नलेख्न भने पनि माधवकुमार नेपालले झेली कुरा गरेको बताएका छन्।
उनले भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न। किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ। बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो। विदा।’
Facebook Comments


























